काठमाडौं। इङ्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्सले सानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा ब्रेन्टफोर्डमाथि वुल्भ्सले ४–१ गोल अन्तरको जित निकालेको हो । वुल्भ्सको जितमा हि चानवाङले २ गोल गर्दा मारिओ लेमिना र जेरिन्सर बेलगार्डले एक एक गोल गरेका थिए ।
ब्रेन्टफोर्डका लागि योने वेइसाले एक गोल फर्काए । १३औँ मिनेटमा पाब्लो सर्वियाको पासमा लेमिनाले गोल गर्दै वुल्भ्सलाई अग्रता दिलाएका थिए । १४औँ मिनेटमावाङले गोल गरेपछि सुरुमै २–० को अग्रता बनायो । तर, १६ औँ मिनेटमा ब्रेन्टफोर्डका लागि निलमुपेको पासमा वेइसाले गोल गर्दै अन्तर २–१ मा झारेका थिए । २८ औंमिनेटमा वाङले व्यक्तिगत दोस्रो गोल गर्दा उल्भ्स ३–१ को सहज अवस्थामा पुगेको थियो ।
उनले टोटीएन्टोनिओ गोमेजको पासमा गोल गरेका थिए । पहिलो हाफमा ३–१ को अग्रता लिएको वुल्भ्सले दोस्रो हाफमा १ गोल थपेको थियो ।
७९ औँ मिनेटमा बेलगार्डले म्याथ्युजचुन्चाको पासमागोल गरेपछि ४–१ को जित निकाल्दै स्पष्ट ३ अङ्क थप्न सफल भयो । वुल्भ्सले १९ खेलबाट २५ अङ्कका साथ तालिकाको ११ औँ स्थानमा रहको छ । १८ खेल खेलेको ब्रेन्टफोर्ड भने १९ अङ्कका साथ तालिकाको १४ औँ स्थानमा रहेको छ ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend