काठमाडौं । इजरायलको आक्रमणबाट २४ घण्टाको अवधिमा २४१ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने ३८२ जना घाइते भएका छन् । यो जानकारी गाजाको स्वास्थ्य मन्त्रालयले दिएको बीबीसीले जनाएको छ ।
मन्त्रालयका अनुसार हिजो मंगलबार गाजाको मध्य क्षेत्रमा इजरायलले बम वर्षाएको थियो । शरणार्थी क्याम्प पनि आक्रमणको निशानामा परेका थिए ।
इजरायलले गाजामा विशेष सैन्य अपरेसन चलाएको छ । उसले एक हप्तायता खान युनिस क्षेत्रमा आक्रमण केन्द्रित गरेको छ । सोमबार इजरायली सुरक्षा बललले नुसिरत, मागजी, बुरेजी लषयतका क्षेत्रमा आक्रमण गरेका थिए ।
इजरायलका राष्ट्रपति बेन्जामिन नेतन्याहुले शान्तिका लागि हमासको अन्त्य जरुरी रहेको भन्दै आक्रमण जारी रहने बताएका छन् । उनले हमासबाट प्यालेस्टिनी आतंकवादीबाट मुक्त बनाउने दाबी गरेका छन् ।
तर संयुक्त राष्ट्र संघले भने इजरायलको आक्रमणबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयका प्रवक्ता सेफ मागांगेका अनुसार इजरायलको आक्रमणबाट गाजा क्षेत्रमा सडकमा भारी क्षति पुगेकाले एम्बुलेन्स र राहत सामग्री पठाउन पनि गाह्रो भइरहेको छ ।
हमासले गत ७ अक्टुबरमा इजरायलमा आक्रमण गरेपछि त्यसको जवाफ स्वरुप इजरायलले हमासको प्रभाव क्षेत्र मानिने गाजामा आक्रमण जारी राखेको छ । इजरायलको आक्रमणबाट २१ हजार जनाको मृत्यु भइसकेको र ५४ हजारभन्दा बढी घाइते भएको अलजजिराले जनाएको छ ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend