Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


    आइतबार, पुष ८ २०८०
    855
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज साताको पहिलो कारोबार दिन आइतबार स्थानीय बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेर कारोबारमा आएको जानकारी दिएको हो ।

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ८०० रुपैयाँ थियो । जुन, आज आइतबार १०० रुपैयाँले बढेसँगै १ लाख १९ हजार ९०० रुपैयाँ कायम छ । यस्तै, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य १ लाख १९ हजार २५० रुपैयाँ रहेकोमा आज १ लाख १९ हजार ३५० रुपैयाँ कायम भएको छ ।

    यस्तै, आज चाँदीको मूल्यमा १० रुपैयाँको गिरावट आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय ७५ रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रबार १४ सय ८५ रुपैयाँ कायम थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार