Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय टिमका गोलकिपर विशाल श्रेष्ठले लिए सन्यास


    शुक्रबार, पुष ६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय फुटबल टिमका गोलकिपर विशाल श्रेष्ठले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका छन् । नेपाल सुपर लिग एनएसएलमा चितवनबाट खेलेका उनले झापासँगको खेलपछि सन्यासको घोषणा गरेका हुन् ।

    भारतको बैंगलोरमा भएको साफ च्याम्पियनसिपपछि नै सन्यासको बारेमा सोचेको तर अहिले सही समय भएकाले सन्यास घोषणा गरेको उनले बताएका छन् । नयाँ नयाँ क्षमतावान् गोलकिपरहरु पनि आइरहेकाले उनीहरुलाई अवसर दिनका लागि पनि आफूले अब सन्यास लिनु पर्छ भन्ने लागेको उनले बताए ।

    एक दशकको प्रतिक्षापछि उनले २०७८ सालको भदौमा दशरथ रंगशालमा घरेलु समर्थककमा माझ भारतसँगको खेलमा राष्ट्रिय फुटबल टिमका लागि डेब्यु गरेका थिए । राष्ट्रिय टिमका लागि त्यो नै उनको पहिलो र अन्तिम खेल हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार