Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डोनाल्ड ट्रम्प २०२४ मा राष्ट्रपतिको चुनाव लड्न अयोग्य ठहर


    बिहिबार, पुष ५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई कोलोराडोको सर्वोच्च अदालतले आगामी सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको ठहर गरेको छ ।

    अमेरिकी क्यापिटलमा जनवरी ६ मा भएको दङ्गाका कारण ट्रम्प सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको फैसला आएको हो ।

    सर्वोच्चले चार–तीन मतको आधारमा विद्रोहमा संलग्न व्यक्तिहरूलाई पदमा उम्मेदवार हुनबाट प्रतिवन्धित गर्ने १४ औं संशोधनको धारा ३ को प्रावधानअन्तर्गत ट्रम्पलाई प्रतिवन्ध लगाइएको बताएको छ ।

    कोलोराडोको राज्य सचिवलाई ट्रम्पको नाम सूचीवद्ध नगर्न पनि आदेश दिएको छ । ट्रम्पले आदेशको खण्डन गरेका छन् । कोलोराडो र अन्य राज्यहरूमा पनि यस मुद्दालाई निराधार र लोकतान्त्रिक विरोधी विरोध भइरहेको छ ।

    यो मुद्दा अब अमेरिकी सर्वोच्च अदालतमा जाने बताइएको छ । ट्रम्पको अभियानका प्रवक्ता स्टीवन चेउङले छिट्टै अमेरिकी सर्वोच्च अदालतमा अपील गर्ने बताएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार