Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त


    बुधबार, पुष ४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त भएका छन् । संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई नियुक्त गरेका हुन् ।

    नियुक्त हुनेहरुमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनील कुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन् ।

    उनीहरुलाई नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार