Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुग्यो


    बुधबार, पुष ४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चीनको गान्सु र छिमेकी छिङहाइ प्रान्तमा सोमबार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुगेको छ । गान्सुमा १ सय १३ र छिङहाइमा १८ जनाको मृत्यु भएको हाे ।

    भूकम्पमा परी ७ सयभन्दा बढी घाइते भएकाे बताइएको छ ।
    भूकम्पले गान्सुमा १ लाख ५५ हजार ३ सय ९३ घरमा क्षति पुगेको छ । भूकम्प प्रभावित क्षेत्रमा केन्द्रीय संस्थाका परियोजनाबाट ७३६ भन्दा बढी उद्धारकर्ता र नजिकैका क्षेत्रमा २ हजार ४२ अग्नि नियन्त्रक पठाइएको चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

    हिजो बेलुका ७ बजेसम्म ७४ जनाको उद्धार गरिएको छ । गान्सु र छिमेकी छिङहाइ प्रान्तमा भूकम्पबाट प्रभावितलाई आधारभुत आवश्यकता पूरा गर्न १ लाख ३३ हजार ५ सय राहत सामग्री पठाइएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार