Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • आज पनि बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


    शुक्रबार, मंसिर २९ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५५० रुपैयाँ तोकिएको छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २५० रुपैयाँ कायम थियो ।

    यस्तै, आज चाँदीको मूल्य समेत बढेको महासंघले जनाएको छ । हिजो बिहीबारको तुलनामा आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो । यससँगै, आज चाँदीको कारोबार प्रतितोला १४ सय ७० रुपैयाँमा भइरहेको छ । हिजो यसको बिक्री मूल्य तोलामा १४ सय ५५ रुपैयाँ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार