Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • धनकुटामा ओलीलाई मुक्का प्रहार, एक युवक पक्राउ


    बिहिबार, मंसिर २८ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनकुटा । नेकपा एमालेको मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का बर्साएका छन् ।

    भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो । उनीमाथि लेगुवाकै महेश राईले मुक्का हानेका हुन् । उनले मुक्का हान्नुको कारण खुलेको छैन

    ओलीको स्वागतमा लाइनमा बसेकाहरुकोबीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर मुक्का प्रहार गरेका हुन् ।

    एक मुक्का हानेपछि राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले उनलाई समातेका थिए ।

    मुक्का हान्ने राईलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार