Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • नयाँ बानेश्वारमा करिब ९ लाख बराबरको चोरी


    बुधबार, मंसिर २७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको नयाँ बानेश्वारमा करिब ९ लाख रुपैयाँ बराबरको चोरी भएको छ । काठमाडौं महानगरपालिका-३१ ठुलो खरिबोट नजिक निराजन विक्रम मार्ग बस्ने निर्मला नेपालको घरमा चोरी भएको हो ।

    घरबाट सुन र चाँदीका गरगहना, नगद र मोबाइल समेत गरी करिब ८ लाख ९९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । उनको घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिले ढोका फोडी दराजमा रहेको उक्त रुपैयाँ बराबरको धनमाल चोरी गरी फरार भएको प्रहरीले बताएको छ ।

    चोरीमा संलग्न उनकाे खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार