काठमाडौं । काठमाडौं र भक्तपुर जिल्लामा लाखौँ बराबरको धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका-२ लाजिम्पाटस्थित माईक रेष्टुरेण्टको क्यास काउण्टरबाट करिब नगद २ लाख ५० हजार रुपैयाँ शुक्रबार दिउँसो चोरी भएको हो ।
यस्तै प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ ।
यसैगरी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ सानोठिमी डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ घर भएका २४ वर्षीय विष्णु बस्नेतको कोठाबाट नगद २ लाख रुपैयाँ र सुनका गहना गरी करिब ३ लाख ४ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
सोही नगरपालिका-२ सानोठिमी दिब्यश्वरी प्लानिङ बस्ने ४९ वर्षीय युवराज अधिकारीको घरबाट नगद ६० हजार रुपैयाँ, १६ हजार भारतीय रुपैयाँ र विभिन्न सुन तथा हिराका गर-गहना गरी करिब २० लाख ७७ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार बेलुकी चोरी भएको छ ।
यसैगरी झापाको अर्जुनधारा नगरपालिका-९ कटहरेडाँडा मिलन चोक बस्ने सीता आचार्यको घरबाट सुनको तिलहरी २ थान, औँठी १ थान, १.५ तोलाको कानमा लगाउने कुण्डल ५ वटा, चाँदीका गरगहनाहरू र नगद ७ हजार रुपैयाँ समेत गरी करिब २ लाख रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend