Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • लुम्बिनीका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी


    बुधबार, फाल्गुन २४ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका हटारीनेटास्थित उनको निजी निवासमा गएराति चोरी भएको प्रहरीले जनाएको छ ।

    खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्य परिवारसहित काठमाडौं गएको मौका छोपी चोरी भएको प्रहरीले बताएको छ । घरका सबै कोठाको ताल्चा फुटाएर चोरी भएको छ ।

    प्रहरीका अनुसार यसअघि पनि आचार्यको घरमा चोरी भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार