काठमाडौं । उपत्यकामा तीन साताको अवधिमा १ करोड भन्दा बढीको धनमाल चोरी भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार कात्तिक ११ देखि बिहीबारसम्म कुल १ करोड ३ लाख ६६ हजार १९५ रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
प्रहरीका अनुसार काठमाडौंको २० स्थानबाट २७ लाख ७९ हजार ४४५ बराबरको धनमाल चोरी भएको छ । यस्तै ललितपुरको १० स्थानबाट २५ लाख ३० हजार ७५० बराबरको चोरी हुँदा भक्तपुरको ७ स्थानबाट ५० लाख ५६ हजार बराबरको चोरी भएको छ ।
ती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । यस्तै काठमाडौँका ५ स्थानमा लुटपाट हुनुका साथै ती घटनामा ३ जना पक्राउ परेको पनि प्रहरीले जनाएको छ ।
यसैबीच सोही अवधिमा काठमाडौँमा ८ स्थानमा आगलागीको घटना भएको छ । यस्तै ललितपुरमा ४ तथा भक्तपुरमा २ स्थानमा आगलागीको घटना भएको छ । यस्तै आगलागीमा परी भक्तपुरको लोकन्थली एक जनाको मृत्यु हुनुका साथै अनुमानित कुल ८ करोड ७७ लाख ४५ हजार बराबरको भौतिक क्षति भएको छ ।
सोही अवधिमा काठमाडौँमा सवारी साधन अनियन्त्रित भएर ३९ वटा दुर्घटना भएका छन् भने १ जनाको मृत्यु र ८ जना पक्राउ परेका छन् । यस्तै अन्यसँग ठोक्किएर ९४ वटा दुर्घटना भएका छन् । जसमा घाइते ११८ जना , १ जनाको मृत्यु र ५५ जना पक्राउ परेका छन् ।
यस्तै ललितपुरमा अनियन्त्रित भएर १९ वटा दुर्घटना भएका छन् भने त्यसमा ११ जना घाइते हुनुका साथै ४ जनाको मृत्यु र ४ जना पक्राउ परेका छन् ।
यस्तै अन्यसँग ठोक्किइभएको दुर्घटना संख्या ३० वटा रहेका छन् । जसमा ३४ जना घाइते हुनुका साथै १४ जना पक्राउ परेका छन् । यसैगरी भक्तपुरमा अनियन्त्रित भएर १६ वटा दुर्घटना हुँदा २३ जना घाइते भएका छन् भने ४ जना पक्राउ परेका छन् ।
यस्तै अन्यसँग ठोक्किई भएको दुर्घटना संख्या ६८ वटा रहेको प्रहरीले जनाएको छ । जसमा १०२ जना घाइते हुँदा मृत्यु हुनेको संख्या १ जना रहेको छ । यस्तै सो घटनामा २४ जना पक्राउ परेका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend