Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सुनको मूल्य घटयो, तोलाको कति ?


    मंगलबार, मंसिर २६ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा अघिल्लो हप्ता आकासिएको सुनको मुल्य लगातार घटिरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सार्बजनिक गरेको मूल्यसुची अनुसार तेस्रो दिन पनि सुनको मूल्य घटेको छ ।

    महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा नै ७०० रुपैयाँले घटेको जनाएको छ ।

    जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ७५० रुपैयाँ कायम भएको छ । सोमवार मात्रै छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

    गत हप्ताको अन्तिम शुक्रबारको तुलनामा आइतबार मात्रै एकै दिन १३ सय रुपैयाँले मूल्य घटेर कारोबार गरेको थियो ।

    उक्त सुनको मूल्य लगातार तेस्रो दिन गिराबट आए पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । जसअनुसार आज चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ कायम भएको ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार