काठमाडौं । कतारले प्यालेस्टाइनी हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहामा चाँडै सकारात्मक परिणाम आउन सक्ने बताएको छ । कतार भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदसँगको भेटमा प्रधानमन्त्रीले शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले यस्तो बताएका हुन् ।
उनले जोशीलगायत विदेशी बन्दीहरूको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको स्पष्ट पारेका छन् । कतारको राजधानी दोहामा भएको शिष्टाचार भेटमा साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप सशक्त पहल गरिदिन विशेष अनुरोध गरे ।
मन्त्रीका स्वकीय सचिव दीपक जोशीका अनुसार परराष्ट्रमन्त्री साउदले हमाससँगको कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको सक्रिय मध्यस्थकर्ताको भूमिका एवम् कतार र नेपालबीचको जनस्तरलगायतको गहिरो र मित्रवत् सम्बन्धका आधारमा यस मानवीय मामिलामा कतार अधिराज्यसँगको नेपाल सरकारले उच्च आशा गरेको बताएका थिए ।
काठमाडौँ। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका...
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकले नेपाल राष्ट्र बैंक,२०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन पारित गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले उक्त...
तनहुँ ।जिल्ला भूमि समस्या समाधान समिति तनहुँले देवघाट गाउँपालिका वडा नं १ का भूमिहिन सुकुम्बासी तथा भूमिहिन दलित १० परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको...
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा सरकारका नियमित काम कारबाहीबारे निर्णय हुने बताइएको छ । ...
काठमाडौं। चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला परेको छ। रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण सुरुङभित्र फसेकाहरूको खोजी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend