Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विपिन जोशीको जीवन रक्षा गर्न सभामुखको अपिल


    बुधबार, पुष १८ २०८०
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सभामुख देवराज घिमिरेले हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको जीवन रक्षा र सकुशल रिहाइका लागि अपिल गरेका छन् । नेपालका लागि इजरायली राजदूत हनन गोडेर गोल्डवेरगरसँग सिंहदरबारमा आज भएको भेटमा सभामुख घिमिरेले विपिनकाे सकुशल रिहाइका लागि अपिल गरेका हुन् ।

    सभामुख घिमिरेले प्रतिनिधिसभामा विपिनको रिहाइका लागि आवाज उठेको स्मरण गराउँदै आफूहरू इजरायलमा शीघ्र शान्तिको पक्षमा रहेको पनि बताए ।

    यस्तै गोल्डवेरगरले पछिल्लो अवस्थामा पनि विपिन सकुशल रहेको देखिएको बताउँदै तीन महिनाभन्दा लामो समयसम्म बन्धक मुक्त नहुनु दुःखद रहेको बताए ।

    भेटमा दुई मुलुकबिचको सम्बन्ध, कृषि प्रवद्र्धन कार्यक्रम लगायतका विषयमा पनि छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार