काठमाडौं । भारतको सर्वोच्च अदालतले आज सोमबार जम्मु कश्मिरबाट लद्दाखलाई अलग गर्ने नरेन्द्र मोदी सरकारको निर्णय र संविधानको धारा ३७० खारेजीलाई वैधानिकता दिएको छ । सर्वोच्चको यो फैसला यस्तो समयमा आएको छ कि, मोदी दोस्रोपटक सत्तामा आएलगत्तै गरिएको निर्णयलाई मोदीको तेस्रोपटक सत्तामा आउने घोषणासहित चुनाव हुने ६ महिनाअघि उनको निर्णयले वैधता पाएको छ ।
संविधानको धारा ३७० हटाउने निर्णयविरुद्ध परेको रिटको अन्तिम सुनुवाइ गर्दै मुख्य न्यायाधीश डिवाइ चन्द्रमुडले यस्तो फैसला सोमबार सुनाएको पीटीआईले जनाएको छ । अब लद्दाख केन्द्र मातहतको प्रशासनिक क्षेत्र बनेको छ । जम्मु कश्मिरबाट लद्दाख हटाउने निर्णय हिन्दू राष्ट्रवादीले स्वागत गरेका थिए भने अन्यले विरोध गरेका थिए ।
अदालतले जम्मु कश्मीरसँग भारतको अन्य राज्यभन्दा फरक आन्तरिक सम्प्रभुता नरहेको समेत सुनाएको छ । राज्यको युद्धको अवस्थामा जम्मु कश्मीरलाई स्वायत्तता दिनेगरी संविधानको धारा ३७० बनाइए पनि त्यो अस्थायी रहेको र अब भारतको अभिन्न अंग बन्नेबाहेक कश्मीरसँग अरु अधिकार नरहेको अदालतको फैसला छ ।
भारतसँग गाभिनुअघि जम्मु कश्मीर अलग राज्य थियो । सिक्किमभन्दा पहिले भारतले कश्मीर कब्जामा लिएको थियो । जहाँ पाकिस्तान र भारतबीच अहिले पनि लडाइँ जारी छ । यसअघि जम्मु कश्मीरलाई भारतले अधिनस्थ बनाएका बेला संविधानको धारा ३७० मार्फत विशेष राज्यको मान्यता दिइएको थियो । त्यसपछि कश्मिरबाट हजारौं हिन्दू ब्राम्हणहरु लखेटिएका थिए भने कयौंको हत्या भएको थियो ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend