Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • घट्यो सुन चाँदीको भाउ


    सोमबार, मंसिर २५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डाै। स्थानीय बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा एक लाख १७ हजार रुपैयाँ तोकेको छ । यो हिजोकोभन्दा ५ सय रुपैयाँले सस्तो हो ।

    हिजो सुनको भाउ तोलामा एक लाख १७ हजार ५ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावले सुनको मूल्यमा पनि धेरै घटबढ भइरहेको छ । अघिल्लो हप्ता सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

    यस्तै, आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार