काठमाडौं। विद्यार्थी भिसामा रुस पुगेका दाङ तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका प्रतीक पुनलाई रुसी सेना बनेर मनग्य आर्थिक लाभ लिने मोह जाग्यो । दुई महिना मस्कोमा बिताएका प्रतीकलाई मनग्य कमाइ हुने लोभसँगै रुसको नागरिक बन्ने मोहले रुसी सेना बन्ने बाटोमा पुग्यो । अन्ततः युक्रेन – रुसबिचको युद्धमा सहभागी उनी युक्रेनी सेनाको कब्जामा परेका छन् ।
युक्रेनी सेनाको कब्जामा रहेकै बेला प्रतीकले बोलेको एउटा भिडियो सार्वजनिक भएको छ । उनले भिडियोमार्फत आफू रुसी सेनामा भर्ती भएको र अहिले युक्रेनले आफूलाई कब्जामा लिएको बताएका छन् । ‘मेरो नाम प्रतीक पुन हो । मेरो घर नेपाल दाङ बिजौरीमा हो,’ भिडियोमा उनले भनेका छन्, ‘म रुसी सेनामा भर्ना भएको थिएँ । अहिले युक्रेनको कब्जामा छु ।’
प्रतीक केही समयअघि स्टुडेन्ट भिसामार्फत रुस पुगेका थिए । उनी रुसको राजधानी मस्कोमा दुई तीन महिना बसे । त्यसैक्रममा उनले एक एजेन्टमार्फत रुसी सेनामा हुने गरेको भर्तीबारे सुने । भर्नाका लागि समस्या नहुने र मनग्य कमाइ हुने लोभ देखाएका ती एजेन्टमार्फत उनी रुसी सेनामा भर्ती भए । रुसी सेना बनेर मनग्य कमाइ गर्ने लालसामा परेका प्रतीक अन्ततः युक्रेनको नियन्त्रणमा पुगेका हुन् । एक सातायता प्रतीक घरपरिवारको सम्पर्कमा थिएनन् । आजको नागरिक दैनिकमा समाचार छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend