काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा हुँदै नभएको संकट भनेर जनतालाई आतंकित बनाउने काम गरेको आरोप लगाएका छन् । आज धनगढीमा आयोजित सुदूरपश्चिम महत्वसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अर्थतन्त्र दबाबमा भएपनि केही महिनाभित्र लयमा जाने उनको विश्वास छ । सरकार, निजी क्षेत्र, विज्ञबाट समेत बिस्तारै अर्थतन्त्रले लय पक्रिने सकारात्मक संकेत देखा परेको बताएका उनको जिकिर छ ।
‘केही नकारात्मक चिन्तन बोकेकाले हुँदै नभएको संकटलाई संकट–संकट भनेर जतालाई आतंकित गर्ने प्रयास गरेका छन् । अर्कोतर्फ सरकार, निजी क्षेत्र र विज्ञहरूबाट अर्थतन्त्रले बिस्तारै लय पक्रिन लागेको संकेत देखिएको बताउँदै आएका छन्’, प्रधानमन्त्रीले भने, ‘अझै अर्थतन्त्र केही दबाबमा रहेता पनि आत्तिनुपर्ने अवस्था छैन । बिस्तारै लयमा जाँदै छ । विदेशी मुद्रा संचिति बढ्दै गएको छ । रिमिट्यान्स वृद्धि हुँदै गएको छ । त्यसकारण अराजक नकारात्मक सोच भएकाहरूले भ्रम छर्ने काम गरेका छन् ।’
त्यस्तै राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समीक्षाले अर्थतन्त्र सुधारका लागि महत्त्वपूर्ण भूमिका खेल्ने उनले विश्वास गरे । उनले अर्थतन्त्र सुधारका लागि आफूले यसअघि नै मौद्रिक नीतिसम्बन्धी बोर्डको बैठकले सरकारका सम्बन्धित निकाय, निजी क्षेत्रका प्रतिनिधिहरू, अर्थतन्त्रका विज्ञहरू, प्रतिपक्ष र सत्ता पक्षलाई बोलाएर गम्भीर छलफल गरेर केही निष्कर्ष निकालेको जिकिर गरे ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend