Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इजरायली मन्त्रीका छोरा गाजा युद्धमा मारिए


    शुक्रबार, मंसिर २२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • एजेन्सी। इजरायल–गाजा क्षेत्रमा जारी युद्धमा इजरायलका एक मन्त्रीका २५ वर्षीय छोरा मारिएका छन् । पूर्वसैन्य प्रमुखसमेत रहेका गाडी इसेनकोटका छोरा मेजर गल आइसेनकोटको गाजा युद्धमा मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    मेजर आइसेनकोट सुरुङको शाफ्ट विस्फोटबाट गम्भीर घाइते भएका र उपचारका लागि अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइसेनकोट ‘सच्चा नायक’ भएको भन्दै उनको मृत्युले आफू र उनकी श्रीमतीको मन टुटेको बताएका छन् ।

    ‘हाम्रा नायकहरू व्यर्थमा मरेका छैनन् । हामी विजयी नभएसम्म लडाइँ जारी राख्नेछौँ’, प्रधानमन्त्री नेतान्याहुले भने । ६३ वर्षीय गाडी आइसेनकोट, सन् २०१५/१९ सम्म इजरायलको चीफ अफ द जनरल स्टाफको रूपमा सेवा गरेका लडाइँमा खटिएका सेवा निवृत्त जनरल हुन् ।

    राष्ट्रिय एकता पार्टीका एक सांसद, उनी ७ अक्टोबरमा हमासले इजरायलमा हमला गरेपछि स्थापित नेतन्याहूको आपतकालीन सरकारको वर्तमान सदस्य बनेका थिए ।

    इजरायलले गाजामा हवाई बमबारी र भूमि आक्रमण सुरु गरेको जारी राखेको छ । जसमा अहिलेसम्म १७ हजारभन्दा बढी मानिसको मृत्यु नभएको जनाइएको ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार