काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भए चुनावमा बहुमत ल्याउन सक्ने बताएका छन्। आज ओखलढुंगामा कांग्रेसको जिल्ला सम्मेलन तथा बीपी स्मृति भवन उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
उनले अहिलेको निर्वाचन प्रणालीअनुसार एकल बहुमत ल्याउन पार्टीलाई मुस्किल समेत पर्ने बताए ।
‘अहिले हाम्रो पार्टीको मात्रै सरकार बन्ने अवस्था छैन । एउटा पार्टीको मात्र बहुमत ल्याउन अलि गाह्रो छ । तैपनि पार्टी एकताबद्ध भए बहुमत ल्याउन सकिन्छ,’ देउवाले भने, ‘बहुमत ल्याए कांग्रेसले चाहे जसरी काम गर्न सक्छ ।’
देशको विकास जसरी अगाडि बढ्नुपर्ने त्यसरी हुन नसकेको देउवाको भनाइ छ । संघीयताले सबैको चाहना र भावना बमोजिमको विकास गर्न नसकेको उनले बताए ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend