Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अहिलेको निर्वाचन प्रणालीअनुसार एकल बहुमत ल्याउन मुस्किल छ: देउवा


    मंगलबार, मंसिर १९ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भए चुनावमा बहुमत ल्याउन सक्ने बताएका छन्। आज ओखलढुंगामा कांग्रेसको जिल्ला सम्मेलन तथा बीपी स्मृति भवन उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

    उनले अहिलेको निर्वाचन प्रणालीअनुसार एकल बहुमत ल्याउन पार्टीलाई मुस्किल समेत पर्ने बताए ।

    ‘अहिले हाम्रो पार्टीको मात्रै सरकार बन्ने अवस्था छैन । एउटा पार्टीको मात्र बहुमत ल्याउन अलि गाह्रो छ । तैपनि पार्टी एकताबद्ध भए बहुमत ल्याउन सकिन्छ,’ देउवाले भने, ‘बहुमत ल्याए कांग्रेसले चाहे जसरी काम गर्न सक्छ ।’

    देशको विकास जसरी अगाडि बढ्नुपर्ने त्यसरी हुन नसकेको देउवाको भनाइ छ । संघीयताले सबैको चाहना र भावना बमोजिमको विकास गर्न नसकेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार