काठमाडौँ। भेपमा सुन लुकाएर ९ किलो सुन तस्करी गरेको प्रकरणमा मुछिएर पुर्पक्षका लागि थुनामा रहेका राहुल महरालाई बयानका लागि सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बोलाएको छ।
आयोगले केन्द्रीय कारागार जगन्नाथदेवललाई पत्राचार गर्दै महरालाई बयानका लागि उपस्थित गराइदिन आज मंगलबार पत्राचार गरेको हो।
उनको र यसमा संलग्न अन्य प्रतिवादीहरूको पनि बयान लिने काम भइरहेको छ।
पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई केन्द्रीय अनुसन्धान ब्युरोले भदौ १३ गते पक्राउ गरेको थियो। भेपमार्फत सुन तस्करी गरी ल्याएको सुन चोरी भएको घटनामा पहिलो चरणको अनुसन्धानबाट महरा बाबुछोराको कनेक्सन तस्करसँग देखिएको थियो।
तर पहिलो चरणमा प्रहरीले उनीहरूमाथि अनुसन्धान गरेको थिएन। दोस्रो चरणको अनुसन्धानमा प्रहरीले महरालाई पक्राउ गरी मुद्दा चलाएको हो।
अनुसन्धान सकेर सरकारी वकिल कार्यालयले असोज २४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। असोज २६ गते उनलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो।
सरकारले गत असोज १६ गते सुन तस्करी सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो।
यस आयोगले असोज १७ गतेदेखि औपचारिक रूपमा काम थालेको थियो। यसले भेपमार्फत ९ किलो सुन तस्करी, ब्रेक शुमार्फत भएको ६० किलो तस्करी लगायतबारेमा छानबिन गर्न आयोग बनाएको थियो।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend