Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एनसेलले सर्वोच्च अदालतमा दायर गरेको रिट स्थगितको सूचीमा


    मंगलबार, मंसिर १९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आफूमाथि करिव ५८ अर्ब रुपैयाँ कर निर्धारण गर्ने ठूला करदाता कार्यालयको निर्णय विरुद्ध एनसेलले दायर गरेको रिट निवेदन आज (मङ्गलबार)सुनुवाइ नहुने भएको छ । सर्वोच्चमा एनसेल आजियाटा लि। को तर्फवाट रमेश घिमिरे समेतले दायर गरेको उक्त रिट आज पेशीको स्थगितको सूचीमा परेको हो ।

    एनसेलले त्यतिबेला आफूमाथि थालिएको कर निर्धारण तत्काल रोकिपाउँ भनी निवेदन दिएको थियो । करिव तीन वर्षअघि दर्ता भएको रिट निवेदन यसअघि महान्यायाधिवक्ताको कार्यालयको निवेदन अनुसार स्थगित हुँदै आएको थियो ।

    ठूला करदाता कार्यालयले १० पुस २०७७ मा स्वामित्व परिवर्तन बापत ‘संशोधित कर निर्धारण’ किन नगर्ने भनी एनसेललाई पत्र पठाएको थियो । त्यही पत्रलाई चुनौती दिई एनसेल सर्वोच्च अदालत गएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार