Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • योजना कटौती भएपछि कोसी प्रदेशसभामा एमाले र राप्रपाले गर्यो विरोध


    मंगलबार, मंसिर १२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर । कोसी प्रदेश सरकारको बजेटसम्बन्धी प्रतिस्थापन विधेयकमा कार्यक्रम कटौती भएपछि मंगलबार नेकपा (एमाले) र राप्रपाका सांसदले उठेर विरोध गरेका छन् । आफैंले समर्थन गरेर बनाएका मुख्यमन्त्री केदार कार्कीले आफ्नो पालाको बजेट तथा योजना कटौती गरेको भन्दै एमाले र राप्रपाले कोशी प्रदेश सभामा विरोध जनाएका हुन्।

    प्रदेशसभाको आज (मंगलबार)को बैठकको कारबाही सुरु हुनासाथ एमाले र राप्रपाका सांसदले उठेर सदनमा विरोध गरेका थिए । सभाको अध्यक्षता गरिरहेका सांसद इस्राइल मन्सुरीले आफ्ना कुरा राख्न प्रमुख विपक्षी एमालेलाई समय दिए ।

    एमाले संसदीय दलका उपनेता राम रानाले रातो किताबमा धेरै योजना कटौती भएकोमा विरोध गर्दै सदन अवरोध गरे ।

    रानाले भने, “एक वर्षमा पाँच पटक सरकार फेरियो । बजेट निर्माण गर्दा छलफल हुनुपर्ने थियो । सरकारले लगभग आधा वर्ष बितेको बजेट व्यवस्थापन गर्दा ध्यान दिन पर्थ्यो ।” प्रतिपक्षका सांसदहरूबाट आएको कार्यक्रमलाई नै समेट्ने भनिएकोमा त्यो नभएको जनाए ।

    “सांसदले माग पेस गर्नुभयो तर इमान्दार बन्ने हो कि बेइमान बन्ने भन्ने मूल प्रश्न हो,” उनले भने, “सांसदले प्राथमिकीकरण गरेका योजना कटौती भएका छन् ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार