Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • भारतमा हामीले राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म जान सक्दैन थियो : प्रधानमन्त्री


    शनिबार, मंसिर ९ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतमा राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म जान नसक्ने बताएका छन्। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुसीराम पाख्रिनको छैटौँ स्मृति दिवस तथा खुसीराम पाख्रिन स्मृतिग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले भारतमा राम्रो संगठन नबनाएको भए नेपालमा गणतन्त्र ल्याउने कुरा मुस्किल हुने बताएका हुन् ।

    उनले भारतमा संगठन हुनुको कारणले नै आफूहरूले भूमिगत रूपबाट धेरै सहयोग प्राप्त गरेको बताए। उनले भारतमा भएका लाखौँ नेपालीहरूलाई सङ्गठित र आन्दोलित गर्ने कुराको भूमिका स्व.पाख्रिनले गरेको जिकिर गरे ।

    उनले भने, ‘भारतमा हामीले राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्ने र त्यसले गणतन्त्रसम्म नेपालमा ल्याउने कुरा सायद मुस्किल हुन पनि सक्थ्यो । भारतमा संगठन हुनुको कारणले नै हामीले थुप्रै चिजहरू भूमिगत रूपबाट त्यहाँबाट सहयोग प्राप्त गर्‍यौँ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार