काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जन्मँदैखेरि कोही राजा हुने कुरा स्वीकार गर्न नसकिने बताएका छन् । आज काठमाडौंमा नेपाल संवतका अवसरमा गरिएको कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन् ।
उनले भने–‘जनताभन्दा एउटा व्यक्ति ठुलो हुने कुरा, एउटा परिवार हुने कुरा अबको सचेत जनताले स्विकार्न सक्दैन । अबको नयाँ पिँडीहरूले यस्ता कुरा स्विर्कान सक्दैन । हामीले बलिदान दिएर ल्याएका उपलब्धिको रक्षा गर्नुपर्दछ ।’
उनले आफू ५८ वर्षदेखि देशका लागि जेलनेल यातना सहेको मान्छे भएको हुनाले आफू एमालेको नेता मात्र नभई देशकै मान्छे भएको दाबी गरे । उनले प्रश्न गरे–‘माओसेत्सुङ चीनको एउटा पार्टीको नेता हुन कि सिङ्गै चीनको नेता हुन ? जवहरलाल नेहरु वा मोदी तिनका पार्टीका नेता हुन कि सिंगो भारतको हुन ? त्यसकारण हामीले यो भ्रम राख्नु हुँदैन ।’
उनले एमाले मात्रै सुखी नेपाली र समृद्ध नेपाल बनाउने नेपालको एकमात्र पार्टी भएको दाबी गरे । ओलीले देशलाई अस्थिरतामा फसाउने खेल भइरहेको पनि उल्लेख गरे ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend