Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • मोरङमा थप एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु


    बुधबार, असोज २८ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ। मोरङको बूढीगङ्गा गाउँपालिका–३ का कोरोना सङ्क्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मङ्गलबार राति मृत्यु भएको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिनुभयो ।

    मृतकलाई यही असोज १५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो । उनी श्वासप्रश्वास र मृगौलासम्बन्धी दीर्घ रोगी थिए । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार