A view of a traffic jam on a road, in Kathmandu, on Monday, November 21, 2016. Photo: THT
काठमाडौँ । आज (मंसिर ७) गते बिहीबार हुने आन्दोलनका कारण काठमाडौँको बल्खु र तीनकुने आसपासमा आज सड्क अवरुद्ध हुनसक्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले प्रदर्शन आयोजना गरेको छ । नेकपा (एमाले) निकट युवा सङ्घले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ ।
युवा सङ्घले सल्लाघारीबाट जुलुस निकालेर साढे १० मा तीनकुने पुग्ने गरी प्रशासनसँग समन्वय गरिरहेको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए । प्रसाईँ नेतृत्वको समूहले बिहान सवा १० बजेपछि भक्तपुरसहित उपत्यकाका ७ ठाउँबाट जुलुस निकाल्ने कार्य योजना सार्वजनिक गरेको छ ।
जुलुस सुरु भएपछि ती रुटमा चल्ने सवारी–साधन सञ्चालनमा डिस्टर्व हुनसक्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए । जुलुस कार्यक्रम स्थलमा पुगेपछि तीनकुने र बल्खु आसपासको सडकमा सवारी अवरुद्ध हुनसक्ने भट्टले बताए । उनले भने–‘कार्यक्रम स्थलमा पनि दुई लेनमा सवारी सञ्चालन गर्ने हाम्रो योजना छ ।’
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend