Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनगढीमा भीषण आगलागी, अस्पतालसहित आधा दर्जन पसलमा क्षति


    शनिबार, मंसिर २ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धनगढीमा विद्युत सर्ट भएर आगलागी भएको छ । धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा शुक्रबार राति करिब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।

    आगलागीले अस्पतालसहित आधा दर्जन पसलमा क्षति भएको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति नभए पनि अन्य क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

    आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोलीसमेत परिचालन गरिएको थियो ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार