Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • मुगुको गमगढी बजारमा भीषण आगलागी, ८ घर जले


    शनिबार, असोज ६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ । गएराती गमगढी बजारस्थित कालिका मालिका मन्दिरदेखि उत्तरतिर रहेको बजारमा आगलागी हुँदा ८ घर जलेकाे प्रहरीले जनाएको छ ।

    जलेका घरमा कम्प्युटर पसल, मोबाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिन्डर गरी ९ वटा पसल सञ्चालनमा थिए । तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, पिआर मल्ल, प्रदीप रावल र पुतली शाहीको घर पूर्ण रूपमा जलेको छ ।

    त्यसैगरी उक्त घरमा सञ्चालित महम्म्त साकिर कवडिया, साजन सल्मानी, शेरबहादुर मल्ल, रुपदेवी बुढा, उद्दिम भाम, पिआर मल्ल, लक्ष्मी मल्ल, नरेश शाही र पूर्णा लक्ष्मी मल्लको पसलमा पनि पूर्ण क्षति पुगेको छ ।

    विसं २०७८ कात्तिक २९ गते पिन गमगढी बजारको तल्लो बजारमा आगलागी हुँद १९ घर जलेर नष्ट भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार