वीरगंज । जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य संस्थामा नै चरम लापरवाही र खेलवाड भएको भेटिएको छ ।
वीरगंज महानगरपालिकाद्वारा गठित बजार व्यवस्थापन तथा अनुगमन समितिद्वारा गरिएको अनुगमनमा भवानी हस्पिटलमा विरामीहरूको उपचारमा चरम लापरबाही भएको भेटिएको प्राप्त समाचारमा जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, घरेलु तथा साना उद्योग कार्यालय पर्सा, औषधी व्यवस्था विभाग वीरगंज, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र वीरगंज महानगरपालिका अन्तर्गतको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रतिनिधिहरूको सहभागिता गरिएको अनुगमनमा भवानी हस्पिटलमा म्याद गुज्रिएका औषधि र केमिकलहरू प्रयोग गर्ने गरेको फेला परेको थियो ।
अनुगमनका क्रममा अस्पतालको इमरजेन्सी वार्डको सरसफाइमा ध्यान नदिइएको, जतातै दुर्गन्ध र फोहोर भेटिएको थियो ।
जनताको स्वास्थ्य सेवाजस्तो संवेदनशील संस्था भवानी हस्पिटलको सरसफाइमा गम्भीर लापरवाही भएको भेटिए पनि समितिले कुनै कारवाही नै नगरी सचेत मात्र गराएर छोडेका थिए ।
समितिले भवानी हस्पिटलसँगै तराई हस्पिटल, कृष्णा हस्पिटल र सूर्य हस्पिटलमा समेत अनुगमन गरेको थियो । यी हॉस्पिटलहरूमा समेत सरसफाइमा लापरवाही भएको भेटिएको थियो ।
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend