Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • भवानी हस्पिटलमा महानगरको छड्के, म्याद नाघेका औषधि र केमिकल प्रयोग


    बिहिबार, कार्तिक २३ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • वीरगंज । जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य संस्थामा नै चरम लापरवाही र खेलवाड भएको भेटिएको छ ।

    वीरगंज महानगरपालिकाद्वारा गठित बजार व्यवस्थापन तथा अनुगमन समितिद्वारा गरिएको अनुगमनमा भवानी हस्पिटलमा विरामीहरूको उपचारमा चरम लापरबाही भएको भेटिएको प्राप्त समाचारमा जनाइएको छ ।

    जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, घरेलु तथा साना उद्योग कार्यालय पर्सा, औषधी व्यवस्था विभाग वीरगंज, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र वीरगंज महानगरपालिका अन्तर्गतको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रतिनिधिहरूको सहभागिता गरिएको अनुगमनमा भवानी हस्पिटलमा म्याद गुज्रिएका औषधि र केमिकलहरू प्रयोग गर्ने गरेको फेला परेको थियो ।

    अनुगमनका क्रममा अस्पतालको इमरजेन्सी वार्डको सरसफाइमा ध्यान नदिइएको, जतातै दुर्गन्ध र फोहोर भेटिएको थियो ।

    जनताको स्वास्थ्य सेवाजस्तो संवेदनशील संस्था भवानी हस्पिटलको सरसफाइमा गम्भीर लापरवाही भएको भेटिए पनि समितिले कुनै कारवाही नै नगरी सचेत मात्र गराएर छोडेका थिए ।

    समितिले भवानी हस्पिटलसँगै तराई हस्पिटल, कृष्णा हस्पिटल र सूर्य हस्पिटलमा समेत अनुगमन गरेको थियो । यी हॉस्पिटलहरूमा समेत सरसफाइमा लापरवाही भएको भेटिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार