काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिवको औपचारिक भ्रमणका बेला शान्तिप्रक्रियाका बारेमा नेपालका केही नेताले देश विभाजनमा रहेको देखाउनु दुर्भाग्य भएको टिप्पणी गरेका छन् ।
मंगलबार संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाका विषयका अन्तर्राष्ट्रिय समुदायको साथ पाइरहेको अवस्थामा नेपालका केही नेताले शान्ति प्रक्रियाका विषयमा देश विभाजित देखाउनु दुर्भाग्य भएको बताए ।
यसअघि, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग आइतबार भएको भेटमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले शान्तिप्रक्रियाई निष्कर्षमा पुर्याउन तयार रहे पनि सरकारले शान्ति प्रक्रियालाई टुंगोमा लैजान ढिलाइ गरिरहेको जिकिर गरेका थिए ।
त्यसलाई लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । साथै, उनले महासचिव गुटेरेसको सम्बोधन नेपालको हितमा रहको र निकै सकारत्मक रहेको जिकिर गरे ।
जलवायु परिवर्तनको असरपछि नेपाललाई सहयोग गर्नुपर्ने, नेपाललाई संसारले माया गर्नुपर्नेलगायत गुटेरेसको सम्बोधन नेपालको पक्षमा रहेको उनले बताए ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend