काठमाडौँ। भक्तपुरको सल्लाघारीमा बडादशैंका लागि ल्याइएका च्याङ्ग्रा, भेडा, बोका, खसी बिक्री कम भएपछि व्यापारीले मूल्य घटाएका छन्।
दशैंका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रस्टको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौँं, काभ्रेपलाञ्चोकदेखिका उपभोक्ताको भीड लागेको छ। तर, अपेक्षित रुपमा बिक्री नभएपछि व्यापारीले आज मूल्य घटाउन बाध्य भएका हुन्।
दशैंको लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्रा आजबाट किलोमा २५० रुपैयाँ घटाएको व्यापारी कृष्ण खड्काले बताए। सबै व्यापारीको सल्लाहअनुसार नै च्याङ्ग्राको मूल्य घटाएर प्रतिकिलो एक हजार १०० रुपैयाँ तय गरिएको उनको भनाइ छ।
त्यस्तै, बझाङबाट ल्याइएको नेपाली च्याङ्ग्रा प्रतिकिलो ९०० रुपैयाँमा बिक्री भइरहेको र चिनियाँ च्याङ्ग्रा प्रतिकिलो एक हजार १०० रुपैयाँमा बिक्री भइरहेको उनले बताए।
अर्का च्याङ्ग्रा व्यापारी उत्तम खड्गीले मुस्ताङमै च्याङ्ग्रा महँगो तिर्नु परेकाले यसवर्ष मूल्य बढेको भए पनि आजबाट घटाउनु परेको बताए। “चीनबाट ल्याइएको च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरीद गर्दा किलोमा नभइ प्रति गोटा ३५ हजारदेखि ४० हजारसम्म तिर्नु परेकाले यसवर्ष च्याङ्ग्रा महँगो भएको हो,” खड्गीले भने।
अर्का व्यापारी रमेश खड्काले च्याङ्ग्राको मूल्य घटेको र भेडा पनि मूल्य घटाएर प्रतिकिलो ६५० रुपैयाँमा बिक्री गरिरहेको बताए। दशैंको मुख्य दिन बितिसक्दा पनि सोचेअनुसार, च्याङ्ग्रा बिक्री नभएकाले मोल घटनाउनु परेको उनको भनाइ छ।
यससँगै च्याङ्ग्राको तयारी मासुको मूल्य पनि घटेको छ। सल्लाघारीको चौरमा तयारी च्याङ्ग्राको मासु प्रतिकिलो दुई हजार ५०० मा बिक्री भइरहेको छ। यसअघि दुई हजार ८०० रुपैयाँमा बिक्री गर्दै आएका थिए।
सल्लाघारीमा खसीको मूल्य पनि घटेको छ। व्यापारीले खसी आजबाट प्रतिकिलो ६०० रुपैयाँमा बिक्री गर्न थालेका छन्।
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको...
गोरखामा पहिरोले रेमुनाङ खोला थुनिएर ताल बन्यो काठमाडौं । गोरखाको चुमनुब्री–१ साम्दोस्थित लार्के बजार नजिकै पहिरो खस्दा रेमुनाङ खोला थुनिएको छ । घटनास्थलमा रहेका स्थानीय...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend