काठमाडौं । इजरायलले शनिबार माथिल्लो गलिलीमा रहेको इजरायली बस्तीमा गरिएको मिलाइल आक्रमणको बदला लिन दक्षिणी लेबनानका गाउँहरूमा लगातार आक्रमण गरिरहेको छ । दक्षिणी लेबनानी गाउँहरू यारुन र बिन्ट जबेलको बाहिरी भागमा अहिले आक्रमण जारी रहेको समाचारमा उल्लेख छ ।
इजरायलको आक्रमणका कारण दक्षिणी लेबनानी गाउँहरु आल्मा अल शाब राम्या, अल धाहिरा र अल लाबोनेहलाई लक्षित गरी आक्रमण गरेको थियो । यसैबीच इजरायली रक्षा बलले सामाजिक सञ्जारल ट्विटर (एक्स)मा लेबनानको सशस्त्र समूह हिजबुल्लाहमा आक्रमण गरेको स्वीकार गरेको छ ।
उक्त आक्रमणका कारण हालसम्म १५ सयभन्दा बढी लेबनानी विस्थापित भएका छन् ।
यसैबीच, अरब लिगका सहायक महासचिव हाइफा अबु गजालेहले अरब लिगले गाजालाई प्रदान गरेको सहायता रकम आधा मिलियन डलरभन्दा बढी रहेको बताएका छन् । आइतबार पत्रकार सम्मेलनमा उनले गाजामा प्रवेश गर्ने मानवीय सहायताका ३० वटा ट्रक केही दिनका लागि मात्र पर्याप्त रहेको बताए । अरब लिगले स्ट्रिपका बासिन्दाहरूले अनुभव गरिरहेको कठिन परिस्थितिलाई ध्यानमा राख्दै त्यो संख्या बढाउन खोजिरहेको उनले बताए ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend