गोरखा । आज बिहान धादिङको खरी केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी गोरखामा एक महिला घाइते भएकी छन् ।
साढे दुई तले पक्की घरको छतमा बसेर पूजा भाँडा माझ्दै गरेकी गोरखा नगरपालिका–३ नारेश्वरकी ३० वर्षीया सरस्वती थापा भूकम्प आएपछि छतबाट हामफाल्दा घाइते भएकी हुन् ।
उनको ढाड र बायाँ खुट्टामा चोट लागेको प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए । गोरखा अस्पतालमा सामान्य उपचार पश्चात उनलाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको उनले जानकारी दिए ।
उक्त भूकम्पका कारण भिमसेन थापा गाउँपालिकाको बोर्लाङमा केही घरहरुमा सामान्य क्षति भएको गोरखा प्रहरीले जनाएको छ ।
आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, नुवाकोट, मकवानपुर, चितवन लगायतका जिल्लामा समेत महसुस भएको थियो ।
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको...
गोरखामा पहिरोले रेमुनाङ खोला थुनिएर ताल बन्यो काठमाडौं । गोरखाको चुमनुब्री–१ साम्दोस्थित लार्के बजार नजिकै पहिरो खस्दा रेमुनाङ खोला थुनिएको छ । घटनास्थलमा रहेका स्थानीय...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend