Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • कटुवा पेस्तोलसहित ३ जना पक्राउ


    शनिबार, कार्तिक ४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मोरङ। मोरङको धनपालथान गाउँपालिका-२ स्थितबाट कटुवा पेस्तोलसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

    कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व सुरक्षा विशेष कार्ययोजनाअनुसार प्रहरी चौकी अमाहीबरियातीबाट हिजो राति साढे ९ बजे गस्तीमा खटिएको गस्ती टोलीले धनपालथान-२ स्थित भित्री सडक खण्डमा सडक छेउमा रोकिराखेको बिआर ०६ पिए १३६२ नम्बरको स्करपियो चेकजाँच गर्दा उक्त गाडीको ड्यासबोर्ड भित्र लुकाई राखेको कटुवा पेस्टोल १ थान र ३ राउण्ड गोलीसमेत फेला पारेको हो।

    उक्त गाडीमा गोली सहित कटुवा पेस्तोल फेला परेसँगै गाडी चालक सर्लाही हरीपुर्वा-७ का २७ वर्षीय रवीन्द्रकुमार यादव र गाडीमा सवार रहेका सर्लाही हरीपुर्वा-७ का २० वर्षीय कमलेशकुमार यादव र महोत्तरी गौशाला-६ का २२ वर्षीय राम दयाल यादव समेतलाई पक्राउ गरिएको हो।

    पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार