Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • बोनस नपाउँदा आक्रोशित चौधरी ग्रुपका मजदुरले व्यवस्थापकलाई कुटे


    शुक्रबार, कार्तिक ३ २०८०
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। चौधरी ग्रुप (सिजी) ले बडादसैँको बोनस नदिएको भन्दै सीजी ब्रुअरीका मजदूरहरुले कम्पनी व्यवस्थापनका अधिकारीहरुलाई कुटपिट गरेका छन्। नवलपरासीको दुम्कौलीस्थित सिजी ब्रुअरीले दसैँ बोनस नबाँडेको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन्।

    बुधबार बिहानदेखि कारखानामा आन्दोलन गरिरहेका मजदुरले रातिसम्मै परिसरमा नाराबाजी, ढुंगा मुढा र विरोध प्रदर्शन गरेका थिए। तर यसका लागि व्यवस्थापन वार्तामा बस्न नचाहेको मजदूरहरुको दाबी छ।

    कम्पनीले नाफा कमाइरहे पनि बहानाबाजी गरेर बोनस नबाँडेको आरोप मजदूरहरुको छ। कम्पनीमा ३ सय मजदूर कार्यरत छन्।

    सिजी ग्रुपले ब्रुअरीका कर्मचारीहरुले अनधिकृत माग गर्दै अधिकारीहरुलाई कुटपिट गरेको, अभद्र व्यवहार गरेको र औद्योगिक शान्ति खल्बलाएको बताएको छ। बिक्रीमा २५ प्रतिशत कमी आएको पनि कम्पनीको दाबी छ। मजदूरले कम्पनीका ५ जना उच्चपदस्थ कर्मचारीलाई हातपात गरेका थिए।

    उक्त सिजी ब्रुअरी नेपालका एकमात्र अर्बपति विनोद चौधरीको कम्पनी हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार