बारा । प्रहरी चौकी नै खाली गरेर हिंडेका बरिष्ठ सई श्यामबाबु यादव सोमबार जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आएका छन् । सोमबार बिहान जिल्ला प्रहरी कार्यालय बाराबाट भन्सार छलीका सामान आयात भइरहेको सूचनापछि खटिएको टोलीमाथि तस्करको समूहले आक्रमण गर्दा नजिकैको छतवा प्रहरी चौकीका इन्चार्ज बरिष्ठ सई यादवसहित सबै प्रहरी चौकी खाली गरेर हिंडेका थिए ।
तस्करले जिल्लाबाट खटिएको प्रहरी टोलीमाथि आक्रमण गर्दा चौकीमा प्रहरी थिएनन् । आइतबार राति जिल्लाबाट खटिएको टोलीले भारतबाट तस्करी गरी ल्याएको ५५ बोरा धान र ४ वटा मोटरसाइकल बरामद गरेको थियो । उक्त धान छतवा चौकीमै राखिएको थियो ।
तस्करको समूहले जिल्लाबाट खटिएको प्रहरी टोलीमाथि आक्रमण गरी उक्त धान समेत लुटेर लगेको थियो । उक्त समयमा चौकी इन्चार्ज श्याम यादव त्यहाँ थिएनन् । उनीमात्र होइन, प्रहरी सबै चौकी खाली गरी हिंडेका थिए । चौकी खाली गरेर हिंडेका २ प्रहरीलार्ई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाराले क्वाटरगार्डमा राखेको थियो । उनीहरुलाई बाराका एसपी सुरेश काफ्लेले निलम्बन गरिसकेका छन् । इन्चार्ज यादव सम्पर्कबिहीन थिए । उनी मंगलबार सम्पर्कमा आएका छन् । उनलाई निलम्बनका लागि प्रहरी प्रधान कार्यालयमा सिफारिस गर्न खोजिए पनि बाराका डीएसपी दधिराम न्यौपानेले जोगाउन प्रयास गरेका छन् । दधिराम न्यौपानेकै संरक्षणमा छतवा चौकीका इन्चार्ज यादवले तस्करी गर्दैआएकाले उनले जोगाउन खोजेको आरोप छ ।

इन्चार्ज यादवले नै बरामद धान लिन जाने जिल्लाको प्रहरी टोलीमाथि स्थानीयलाई उचालेर आक्रमण गर्न लगाएको आरोप छ । तस्करहरुले सीमाका प्रहरी चौकी कसरी कब्जामा लिएर तस्करी गर्छन् भन्ने दृष्टान्त बाराको छतवा प्रहरी चौकीका प्रहरीहरु चौकी नै छाडेर हिंडेको घटनाबाट पुष्टि भएको छ । जिल्लाका प्रहरी नेतृत्वसँगै मिलेर तस्करी गर्दैआएको समूह हालका एसपी काफ्लेसँग सेटिङ नमिलेपछि डीएसपी न्यौपानेबाट संरक्षित रहेको छ । डीएसपी न्यौपानेले मातहतका सीमा चौकीका सईहरुलाई तस्करीको लाइन संचालन गर्न छुट दिएर लाभ लिएको आरोप छ ।
बरिष्ठ सई श्याम यादव कोरोना महामारीमा पथलैया चौकीका इन्चार्ज थिए । पथलैया चौकीको इन्चार्जमा कार्यरत उनले ढाट राखेर एउटा गाडीसँग ७ हजार रुपैयाँसम्म घुस असुलेर आवतजावत गर्न दिएको बिषयमा समाचार प्रकाशित भएपछि तत्कालीन आईजीपी शैलेश थापा क्षेत्रीको निर्देशनमा छानबिन समिति नै खटाइएको थियो । छानबिनका क्रममा ड्युटीमा खटिएका प्रहरीले सईको आदेशमा घुस लिएको बयान दिएका थिए । ड्युटीमा खटिएका २ प्रहरीलाई कारबाही गरियो । तर सई यादवलाई भने त्यहाँबाट सरुवा गरी उन्मुक्ति दिइएको थियो ।
बरिष्ठ सई यादव हालका आईजीपी बसन्तबहादुर कुँवर चितवनको एसपी हुँदा त्यहाँ सादा पोशाकमा परिचालित थिए । कुँवरसँग काम गरेकै आधारमा उनी चौकी खाली गरेर भागेको भए पनि आफूमाथि कारबाही नहुने भन्दै आईजीपीको बदनाम गरिरहेका छन् ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend