Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इजरायलद्वारा गाजाको अस्पतालमा रकेट आक्रमण, ५०० जनाको मृत्यु


    बुधबार, कार्तिक १ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । इजरायल र प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीच लडाइँ चलिरहेको छ । यस लडाइँमा हालसम्म दुवैतर्फ गरी ४ हजार ५०० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    यसैबीचमा इजरायली सेनाले मंगलबार राति अबेर गाजाको एक अस्पतालमा आक्रमण गरेको दाबी गरेको छ ।

    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने इजरायली सेनाले नभई हमासले नै अस्पतालमा आक्रमण गरेको बताएका छन् । आक्रमणको आरोप हमासलाई नै लगाउँदै नेतन्याहुले भनेका छन्, ‘जसले हाम्रा बच्चाको क्रुरतापूर्वक हत्या गर्छन्, उनीहरुले आफ्ना बच्चाको पनि हत्या गर्दछन् ।’

    इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले अस्पतालमा आक्रमणको दोष इस्लामिक जिहादमाथि लगाएको थियो । उसले भनेको थियो, ‘इजरायलमाथि थुप्रै रकेट प्रहार भएका थिए, त्यसैमध्येको एउटा रकेटले गाजाको अस्पताललाई निशाना बनाइयो । हामीसँग रहेको गुप्त सूचनाका अनुसार अस्पतालमा भएको रकेट आक्रमणका लागि इस्लामिक जिहाज आतंकवादी संगठन जिम्मेवार छ ।’

    उक्त आक्रमणमा परी ५०० जनाको मृत्यु भएको इजरायलको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार