काठमाडौँ । नेपाल फर्किन लागेका विद्यार्थीहरू इजरायलस्थित विमानस्थल आइपुगेका छन् । नेपालबाट चार्डट विमान त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल एयरलाइन्सको विमानमार्फत ती विद्यार्थीहरूको उद्धार गर्न लागिएको हो ।
त्यसका लागि विद्यार्थीहरू इजरायलका विभिन्न ठाउँबाट तेल–अभीभ विमानस्थलमा पुगेका हुन् । आफूहरू बसोबास गर्दै आएको काडेश बार्नियाबाट विमानस्थल पुगेको विद्यार्थी सुरज भण्डारीले बताए । उनीहरूलाई बसमा राखेर साढे तीन घण्टा लामो यात्रापछि विमानस्थल पुर्याइएको हो ।
नेपालबाट इजरायलका लागि छुटेका जहाज स्थानीय समयअनुसार ११ः ३० बजे विमानस्थलमा पुग्नेछ । इजरायल पुगेपछि तत्कालै विद्यार्थीको उद्धार गरेर फर्किनेछ ।
सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थीहरू इन्टर्न गर्न गत भदौ अन्तिम सातामा इजरायल पुगेका थिए । गत शनिबार गाजास्थित हमास समूहको आक्रमणमा परी १० जनाको मृत्यु भएको थियो । ४ जना विद्यार्थी समेत घाइते भएका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend