Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इजरायल–गाजा सीमावर्ती क्षेत्रमा रहेका ५५ नेपालीलाई सुरक्षित स्थानमा सारियो


    बुधबार, असोज २४ २०८०
    920
    Shares
    05 May 2019, Palestinian Territories, Gaza City: An explosion goes off in a building targeted by an Israeli airstrike. Photo: Ibrahim Khalaf/APA Images via ZUMA Wire/dpa
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै (५५ जना) नेपाली विद्यार्थीलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । इजरायलस्थित नेपाली राजदूतावासका अनुसार इजरायली सुरक्षा संयन्त्रको सहयोगमा नेपाली विद्यार्थीलाई उद्धार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

    इजरायलको उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहेका ७२ नेपाली विद्यार्थीलाई अझ सुरक्षित ठाउँमा सारिएको दूतावासले जनाएको छ ।

    नेपाल फर्कन इच्छुक नेपालीलाई दूतावासले सुरु गरेको अनलाइन रजिष्ट्रेशनमा ३५० भन्दा बढीको विवरण प्राप्त भइसकेको र उनीहरूको सुरक्षित स्वदेश फिर्तीको प्रकृया सुरु गरिएको स्रोतले बताएको छ ।

    “हमास समूहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका चारजनाको स्वास्थ्य अवस्थामा सुधार हुँदै छ । हराइरहरेको एकजना नेपाली विद्यार्थीको खोजीकार्य प्रहरी अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा अझ तीव्र पारिएको छ,” दूतावासले विज्ञप्तिमा भनेको छ, “इजरायलवासी सम्पूर्ण नेपाली नागरिकलाई संयम रहँदै निरन्तर दूतावाससँग समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्नुहुन सूचित गरिन्छ ।”

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार