Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • हमासको रकेट प्रहार आकाशमै डिस्पोज गर्न इजरायलले राख्यो आइरन डोम


    मंगलबार, असोज २३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो समय प्यालेस्टाइन विद्रोही समूह हमास र इजरायलबीच युद्ध निकै चर्किएको छ । गाजामा नियन्त्रण जमाएको हमासले गत शनिबार लअचानक इजरायल प्रवेश गरेर आक्रमण गरेको थियो ।

    त्यहाँ रहेका १० नेपालीसहित थुप्रै विदेशी पछिल्लो आक्रमणमा मारिएका छन् ।

    हमास समूहले आफ्नो क्षेत्रबाट रकेटहरु सयौँको संख्यामा प्रहार गरिरहेको छ भने बन्धुकधारीहरु पनि इजरायली शहरहरुमा प्रवेश गरेका छन् ।

    बीबीसीका अनुसार पछिल्लो आक्रमण सुरु भएयता गाजाबाट ४५ सयभन्दा बढी रकेटहरु इजरायलमा प्रहार भएका छन् । ती मध्ये धेरै रकेट गन्तव्यसम्म पुग्न नपाई आकाशमै डिस्पोज भए । विद्रोहीले प्रहार गरेका रकेटहरु आकाशमै डिस्पोज गर्न इजरायलले आइरन डोम डिफेन्स सिस्टम बनाएको छ ।

    बीबीसीका अनुसार हाजबोल्लाहसँगको युद्धपछि इजरायलले सन् २००६ मा आइरन डोम बनाएको हो । सन् २०११ को अप्रिल ७ तारिखमा आइरन डोमले पहिलोपटक विद्रोहीले प्रहार गरेको रकेट आकाशमा डिस्पोज गरेको थियो ।

    यो सिस्टममा विद्रोहीले आफ्नो क्षेत्रमा रकेट प्रहार गर्ने वित्तीकै चाल पाउने र त्यसको बाटो पहिल्याउने सिस्टम विकाश गरिएको हुन्छ । रकेट आक्रमण गर्न खोजिएको क्षेत्र पहिचान हुन्छ र त्यसरी आएको रकेटलाई डिस्पोज गर्न जवाफी क्षेप्यास्त्र प्रहार हुन्छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार