Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • तोलामै एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य


    सोमबार, असोज २२ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्थानीय बजारमा आज सोमबार सुन र चाँदी दुबैको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकै दिन एक हजार रुपैयाँले बढ्दै १ लाख ८ हजार ६ सय रुपैयाँ पुगेको हो ।

    यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार