काठमाण्डाै । भक्तपुर र मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–५ श्रृजनानगर चोकमा बा ९७ प २९५० नम्बरको मोटरसाइकल टिपरमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका सिन्धुपाल्चोक चौतारा साँगागढी नगरपालिका–८ घर भइ सूर्यविनायक नगरपालिकाको दार्जिलिङ हाइट बस्ने वर्ष २३ का रामशरण थापामगरको ज्यान गएको प्रहरीले जनाएको छ ।
गएराति भएको दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक शिव आलेमगरको मध्यपुर अस्पतालमा उपचार भैरहेको छ । यस्तै, मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालमा आज बिहान भएको दुर्घटना एक जनाको ज्यान गएको छ ।
ना ६ ख ३९८७ नम्बरको कन्टेनर त्रिभुवन राजपथ सडक खण्ड अन्तर्गत कुन्छालमा दुर्घटना हुँदा नुवाकोटको बेलकोट नगरपालिका–५ का ४२ वर्षका दीप श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
काठमाडौँ। सरकारले प्रहरी महानिरीक्षक (आइजिपी) पदबाट हटाएपछि पुनर्बहाली माग गर्दै सर्वोच्च अदालत पुगेका दानबहादुर कार्कीको रिट निवेदन बिहीबार दर्ता हुन सकेन। कार्कीका तर्फबाट वारेसमार्फत पेस...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन नभएको दाबी गरेका छन्। बिचौलियाका रूपमा चर्चामा रहेका इनम सापकोटाको भनिएको...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति(सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’ लिएका छन्। प्रधानमन्त्री शाहले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानसेनापति अशोकराज सिग्देल,...
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मुद्दा मामिलामा न्यायको अर्थ सधैँ फैसला गर्नु मात्र पनि नभएको बताएकी छन्। उनले न्यायोचित ढंगबाट विवादको...
काठमाडौं। बुधबार जिम्मेवारीबाट हटाइएका नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक(आईजीपी) दानबहादुर कार्की पुनर्वहाली माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। कार्की निकट एक कानुन व्यवसायीले बताएअनुसार पदमा बहाली...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend