विराटनगर। दोहोरो झडप गर्न तथा ‘ग्याङफाइट’ गर्न भनेर हिँडेका १५ जनालाई प्रहरीले विराटनगरबाट घरेलु हतियारसहित शुक्रबार दिउँसो पक्राउ गरेको छ।
तरबार, बाम्फोक, फलामको नोख, लाट्ठीसहितको समूहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार मोरङको कटहरी गाउँपालिका–४ का १८ वर्षीय शेखकवि अली, सुनसरीको बर्जु गाउँपालिका–६ का १८ वर्षीय विजय चौधरी, १९ वर्षीय राहुल दास, ललनकुमार मेहता, सञ्जय मेहता र प्रेम चौधरीसहितलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमध्ये ९ जना १८ वर्ष मुनिका छन्। शेखकविसहित २ जनालाई विराटनगरको घोघापुल चोक र अरुलाई शनिमन्दिर चोकबाट पक्राउ गरिएको डीएसपी दाहालले बताए। उनका अनुसार पक्राउ पर्नेमध्ये शेखकविको साथबाट तरबार फेला परेको हो।
विराटनगरको एउटा कलेजमा अध्ययरत युवतीको विषयमा विवाद भएपछि घरेलु हतियारसहितको समूहबीच दोहोरो झडपको तयारी भइरहेको सूचना प्रहरीले प्राप्त गरेको थियो।
लगत्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट परिचालित टोलीले झडपको तयारी गरेर साथमा घरेलु हतियार बोकेर हिँडिरहेको समूहलाई पक्राउ गरेको डीएसपी दाहालले बताए।
उनका अनुसार युवतीको विषयलाई लिएर केही दिनअघि पनि दुई पक्षबीच विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दोहोरो झडपकै लागि घरेलु हतियार बोकेर हिँडिरहेकालाई पक्राउ गर्न प्रहरी सफल भएकोछ । झडपको तयारी गर्नेमध्ये केही फरार छन्। उनीहरुको खोजी जारी रहेको छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend