वीरगन्ज। वीरगन्जमा आफ्नै घरमा एक ४० वर्षीय महिलाको हत्या भएको छ। वीरगन्ज महानगरपालिका-१ बजार छपकैयामा गगनदेव साहकी पत्नी ४० वर्षीय पुनमदेवी साहको हत्या भएको हो।
प्रहरीका अनुसार, शुक्रबार बिहान टाउकोमा घरेलु हतियारले हानेर गम्भीर घाइते अवस्थामा भेटिएकी पुनमदेवीलाई उपचारका लागि सुरुमा नारायणी अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई नेशनल मेडिकल कलेजमा लगिएको र त्यहाँ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै हत्याको यकिन कारण खुल्ने एक प्रहरीले अधिकृतले बताए।
प्रहरीका अनुसार पुनमदेवीको हत्या कसले र किन गरेको भन्ने खुल्न सकेको छैन।
मृतक पुनमदेवी घरमा ऐक्लै बस्दै आएकी थिइन्। पति गगनदेव कामको शिलशिलामा भारतमा र छोरा पनि अध्ययनको लागि भारतकै दिल्लीमा रहेका छन्।
उक्त घटनाका बारेमा अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
काठमाडौँ। शनिबार साँझ रसुवाको गोसाइँकुण्डबाट एउटा ‘अन टेस्ट’भ्यान त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ। उक्त गाडीसँगै चालक बेपत्ता भएका प्रहरीले जनाएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका- ५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend