लहान । राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सुकसैना नाकाबाट भन्सारी छली गरी भित्रिएको ३६ लाख बराबरको कपडा बरामद गरेपछि सशस्त्र प्रहरी गण नम्बर ७ का एसपी प्रमोद भारतीलाई मधेश प्रदेश बाहिनी बर्दिबासमा तानिएका छन् । शुक्रबार राति राजस्वको टोलीले सुकसैना नाकाबाट भित्रिएको उक्त कपडा बरामद गरेको थियो ।
सशस्त्रका एसपीकै संरक्षणमा तस्करी हुँदैआएको र राजस्वले शुक्रबार साँझ ३६ लाख बराबरका कपडा बरामद गरेको समाचार सार्वजनिक भएपछि एसपीलाई बाहिनीमा तानिएको छ । मधेश प्रदेश बाहिनी बर्दिबासका डीआईजी दीपेन्द्र शाहले सिरहाका सशस्त्रका अधिकारीलाई सोधपुछका लागि बोलाइएको बताए । उनले भने–‘बाहिनीले सोधपुछका लागि त बोलाइरहन्छ नि ।’
बरामद कपडा ब्यापारी दिनेश चौधरीको भएको स्रोतले बताएको छ । चौधरी स्थानीय ब्यापारी भए पनि लगानीकर्ता र काठमाडौंमा ब्यवस्थापनको काम भने एसपी भारतीका आफन्तले गर्ने गरेको स्रोतको दाबी छ । यस बिषयमा आजै नेपालफेस डटकमले समाचार प्रकाशित गरेको थियो ।
प्रमोद भारती सिरहाको एसपी भएदेखि नै माडर, ठाडी नाकाबाट ब्यापकरुपमा तस्करी हुँदैआएको छ । जसका कारण करोडौं भन्सार राजस्व अपचलन हुँदैआएको छ । यसअघि गएको भदौ २६ गते राजस्व अनुसन्धान इटहरीको टोलीले माडरको कालीचौकमा छापा हानी भन्सारछलीका २ गाडी कपडासहित २ जनालाई पक्राउ गरी लगेको थियो । उक्त गाडी पनि एसपी भारतीका दाजु मनोजकै भएको स्रोतले बतायो ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend