Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • कक्षा २ मा पढ्ने बालक होस्टेलमा मृत भेटीए, सुर्खेतकाे बालबाटिका स्कुल तनावग्रस्त


    शनिबार, असोज १३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालबाटिका सेकेण्डरी स्कुलको होस्टेलमा एक बालक मृत भेटिएका छन्।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत भेटिएका ती बालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–१ का ८ वर्षीय सलाम पुलामी मगर हुन्। उनी उषा बालबाटिकामा कक्षा २ मा अध्ययनरत थिए ।

    होस्टेलमा उनी झुण्डिएको अवस्थामा फेला परेका छन् । शुक्रबार साँझ झुण्डिएको अवस्थामा फेला परेका बालकको शव‌ अहिलेसम्म उठाइएको छैन।

    आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै लास उठाउन दिएका छैनन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपलाचनेद्र भट्टराईले घटना शंकास्पद रहेको र अनुसन्धान गरिने बताए ।

    त्यहाँ अहिले प्रहरी तैनाथ गरिएको छ । आक्रोशित आफन्तहरुले आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।

    आक्रोशित भीडले यस घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा नै उत्रिएको छ।

    उक्त भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार