काठमाडौं । चिकित्सकमाथि दुर्व्यवहार गर्नेहरूलाई कारबाही गर्ने निर्णय गरिएको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य मन्त्री मोहन बस्नेत सहित सरोकारावालाहरुको बैठकले सो निर्णय गरेको हाे ।
पछिल्लो समय देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूमाथि भएका दुर्व्यवहारका घटनामा संलग्नहरूलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय गरिएको छ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन–२०६६ अनुसार सुरक्षा समन्वय समितिको बैठक नियमित राख्ने निर्णय गरिएको छ ।
त्यस्तै देशभरका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन–२०६६ अनुसारको कसुर र दण्ड सजाय सम्बन्धी सार्वजनिक सूचना सबैले देख्ने गरी टाँस गर्ने निर्णय गरिएको छ ।
नुवाकोट । बाढीले त्रिशुलीमाथिको पुल बगाएपछि त्रिशुलीपारीका स्वास्थ्य संस्थामा हैजाविरुद्धको खोप पुर्याउन स्थलमार्ग अवरुद्ध भएपछि ड्रोनमार्फत् खोप पठाइएको छ । २ देखि ८ डिग्री सेल्सियस...
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend